डब्लूएचओको प्राविधिक सल्लाहकार समूहमा डा. मेघनाथ धिमाल नियुक्त « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

डब्लूएचओको प्राविधिक सल्लाहकार समूहमा डा. मेघनाथ धिमाल नियुक्त


१० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्राविधिक सल्लाहकार समूहमा नेपालमा वातावरणीय स्वास्थ्य वैज्ञानिक डा. मेघनाथ धिमाल नियुक्त भएका छन् ।

डब्लूएचओको नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा रणनीतिक र प्राविधिक सल्लाहकार समूहको विज्ञ सदस्यमा नियुक्त भएका हुन् ।

नसर्ने रोगहरूको रोकथाम, नियन्त्रणमा हालका र भावी चुनौतीहरू पहिचान गर्ने, डब्लूएचओलाई आवश्यक पर्ने रणनीतिक योजनाहरू सल्लाह दिने कार्यहरूमा भूमिका उनको मुख्य भूमिका रहेको बताइएको छ । 

प्राविधिक सल्लाहकारका रूपमा विश्वभरका २४ जनालाई नियुक्त गरिएको छ । उक्त सल्लाहकार टिमको दुई वर्षको कार्यकाल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस