बुद्धको जन्म थलोको थप प्रचार गर्न सके धार्मिक पर्यटन वृद्धि हुन्छ : सभामुख घिमिरे « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बुद्धको जन्म थलोको थप प्रचार गर्न सके धार्मिक पर्यटन वृद्धि हुन्छ : सभामुख घिमिरे


१० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले सिद्धार्थ गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै बुद्ध जन्मथलोको थप प्रचार प्रसार गरी देशमा धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । 

२५६८ औं बुद्ध जयन्तीको अवसरमा आज स्वदेश तथा विदेशमा बस्ने नेपाली बौद्ध धर्मावलम्बीहरूलाई शुभकामना दिँदै उनले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व र नेपालका राष्ट्रिय विभूति सँगै बुद्धलाई हिन्दुहरूले भगवान् विष्णुको अवतार र बुद्ध धर्मका संस्थापकका रूपमा मान्ने गरेको उल्लेख गरेका छन् । 

बुद्धले कठोरताबाट नभई जीवन र लक्ष्यका बीच सन्तुलनको मध्य मार्ग अपनाएर सफलता प्राप्त हुने व्यावहारिक निष्कर्षको अवलम्बनबाट शान्तिको मार्ग पहिल्याएको भन्दै सभामुख घिमिरेले नेपालको सन्दर्भमा आज पनि बुद्धका उपदेशहरू प्रासंगिक रहेको बताएका छन् । उनले नेपाल सिद्धार्थ गौतमको जन्म थलो हो भनेर थप प्रचार गर्न सके देशमा धार्मिक पर्यटन वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । 

‘अहिसा नै शान्ति र मैत्रीको आधारशिला हो जस्ता अनेकौ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचार प्रसार गर्न सके मुलुकमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सहयोग हुने विश्वास लिएको छु’ उनले भनेका छन् । 

यस्तै, घिमिरेले बुद्ध जयन्तीले देशमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस