काठमाडौँ । नेपाली काँग्रेसले सरकार सहकारीका केही ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ ।
आज बसेको संसदीय दलको बैठकले सरकार पीडितलाई नभई सहकारी ठगलाई जोगाउन उद्धत भएको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले सदनमा काँग्रेसले बोल्न माग गर्दा पनि सत्तापक्षको दम्भको कारणले बोल्न नदिएको आरोप लगाए ।