गलकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित काम गर्नुपर्ने बताएका छन् ।
एमाले काठे खोला गाउँ कमिटीको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा उनले वामपन्थी एकतासहितको एमालेले समृद्ध नेपालः सुखी नेपालीको सङ्कल्प पूरा गर्ने र त्यसका लागि ‘मिसन २०८४’ लाई योजनावद्धरूपमा अगाडि बढाउन आग्रह गरे ।
उपाध्यक्ष पाण्डेले प्रत्येक निर्वाचनमा भएको कमीकमजोरीलाई समीक्षा गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए । पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले मुलुकको अर्थतन्त्र उकास्न संस्थागत पहल, नीतिगत व्यवस्थासँगै समाजको प्रवृत्तिगत समस्या सुधारमा जोड दिए ।