पार्टी छोडेकालाई फर्केर आउन उपेन्द्र यादवको आग्रह « प्रशासन
Logo ३२ जेष्ठ २०८१, शुक्रबार
   

पार्टी छोडेकालाई फर्केर आउन उपेन्द्र यादवको आग्रह


४ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छोडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन् ।

शुक्रबार आह्वान पत्र जारी गर्दै यादवले सबैलाई मूलधारको पार्टीमा फर्कन आग्रह गरेका हुन् ।

यादवले भनेका छन्, ‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौँ ।’

उनले जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको दाबी गरेका छन् । जसपा नेपाल समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा प्रतिबद्ध रहेको यादवको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस