सभामुख एमालेको निर्देशनमा चलेको काँग्रेसको आरोप « प्रशासन
Logo १९ जेष्ठ २०८१, शनिबार
   

सभामुख एमालेको निर्देशनमा चलेको काँग्रेसको आरोप


३ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेले पार्टीको निर्देशनमा अघि बढेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बैठकमा काँग्रेस र एमालेका सांसदहरुबीच धकेलाकेलको स्थितिपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभामुखले संसदीय अभ्यासविपरित कार्य गरेको बताए ।

उनले भने, ‘तलबाट नेताहरुले अगाडि बढा भन्ने माथि सभामुखले अगाडि बढाउने, विपक्षी दल वेलमा निस्किएको छ, अन्य दलका नेताहरू पनि आफ्नो सिटबाट उठिरहेका छन् । त्यसका बाबजुद उहाँले सभा सञ्चालन गर्न थाल्नुभयो त्यो चाहिँ हाम्रो संसदीय इतिहासमा अनौठो कुरा हो । यो संसदीय विधिको बर्खिलाप त्यसको रक्षा गर्न बसेको सभामुखले पार्टी नेतृत्वको निर्देशनमा पुग्नु दुर्भाग्यपूर्ण हो ।’

उनले काँग्रेस संसदीय मर्यादामा बस्ने पार्टी भएकाले कसैले कसैलाई दुर्व्यवहार नगरेको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस