काठमाडौँ । सरकारले जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका लागि फिनल्याण्ड सरकारबाट १३ मिलियन युरो (करिब एक अर्ब ८७ करोड) रुपैयाँ अनुदान पाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फिनल्याण्ड सरकारले दिने १३ मिलियिन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।