कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आह्वान « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आह्वान


२ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरिएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरेका हुन् ।

अधिवेशन ११ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठकको आह्वान गरेका हुन् । यसअघि वैशाख १७ गते तेस्रो अधिवेशन अन्त्य भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस