काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ पक्षको बहस सकिएको छ । खाजा समयपछि सन्दीप पक्षका दुई वकिलहरूले जवाफी बहस गर्नेछन् ।
हिजोबाट सुरु भएको सुनुवाइलाई आज निरन्तरता दिइएको हो । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज ११ बाट बहस सुरु भयो । दुवै पक्षलाई डेढ घण्टा समय दिइएको थियो । त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस सकेका छन् ।
अहिले सन्दीप पक्षलाई ५० मिनेटभित्र बहस सक्न भनिएको छ । सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गर्नेछन् । त्यसपछि बहस टुङ्गिनेछ र फैसलाको प्रक्रियामा जानेछ । न्यायाधीशहरूले आजै फैसला सुनाउने तयारी छ । केही समयपछि सन्दीपका वकिलहरूले बहस गर्नेछन् ।