नीति तथा कार्यक्रममाथि छलफल गर्नुको अर्थ छैन : डा. प्रकाशशरण महत « प्रशासन
Logo २७ जेष्ठ २०८१, आइतबार
   

नीति तथा कार्यक्रममाथि छलफल गर्नुको अर्थ छैन : डा. प्रकाशशरण महत


१ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफल गर्नुको अर्थ नभएको बताएका छन् । पुरानै ढर्राको नीति तथा कार्यक्रम आएको पनि उनको टिप्पणी थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि टिप्पणी गर्दै महतले प्रतिपक्षले लामो समयदेखि उठाएका माग र सर्वसाधारणको आशालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम नआएको बताएका हुन् ।

विगतका सरकारहरूले पनि लामो नीति तथा कार्यक्रम ल्याउने गरेको र यो सरकारले पनि त्यो परम्परालाई निरन्तरता दिएको महतको भनाइ थियो ।

‘सरकारको भनाई र गराईमा आकाश जमिनको फरक छ । यति लामो नीति तथा कार्यक्रमको पक्षमा म छैन । यति लामो कार्यक्रम राख्न आवश्यक छैन । पुरानै ढर्रामा आएको छ । जुन ढङ्गमा सरकार चलेको छ, सुशासनको कुरा कार्यक्रमले गरेको छ, भ्रष्टाचार उन्मुक्तिका कुरा गरेको छ । तर सरकारमा बस्नेहरूले गरेको दुरुपयोगलाई ढाकछोप गरिरहेको छ, ‘महतले भने, ‘काँग्रेसले लामो समयदेखि संसद्मा माग उठाइरहेको छ । यो विषयलाई केही भएको छैन जसरी बसेको छ । नीति तथा कार्यक्रममा सुशासनको कुरा उठाएको छ, त्यसको अर्थ छैन । अहिले राज्य संरचनाको दुरुपयोग भएको छ त्यसलाई अनुशासनमा ल्याउने कुरालाई समाप्त पारिएको छ । बजेटलाई अनुशासनमा ल्याउने काम थालेका थियौँ, ३ करोड केन्द्रबाट दिनेकुरा गर्दै हुनुहुन्छ । बजेट वितरणमुखी कार्यकर्तामुखी बजेट ल्याउँदै हुनुहुन्छ । त्यसको अभ्यास नीति तथा कार्यक्रमले गरेको छ ।’ नीति तथा कार्यक्रमलाई समग्र विषयलाई छोएको तर ठोस कुरा नल्याएको महतको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस