जसपा केन्द्रीय समितिको बैठक आज बस्दै « प्रशासन
Logo २५ जेष्ठ २०८१, शुक्रबार
   

जसपा केन्द्रीय समितिको बैठक आज बस्दै


३१ बैशाख २०८१, सोमबार


काठमाडौँ । सरकार छाड्ने तयारीमा रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक बस्दै छ । ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि बैठकमा छलफल हुने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस