पूर्वाधारको विकासमा धेरै ठूला सफलता प्राप्त भैसकेका छन् : अध्यक्ष ओली  « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पूर्वाधारको विकासमा धेरै ठूला सफलता प्राप्त भैसकेका छन् : अध्यक्ष ओली 


२९ बैशाख २०८१, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा पूर्वाधार विकासको क्षेत्रमा धेरै प्रगति भएको बताएका छन् । 

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले देशमा सडक,रेल स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासले गति लिएको बताएका हुन् । तर उनले शिक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा अस्थिर राजनीतिका कारण बाधा पुगेको उल्लेख गरे । 

‘हामीले खासगरी कनेक्टिभिटीका क्षेत्रमा रेलवे,हवाईजहाज, सडक र विद्युत् विस्तार ,सञ्चार सुविधाको विस्तार जस्ता विकासका पूर्वाधारको क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेका छौं,’ ओलीले भने । 

उनले नेपाल पहिले जस्तो दुर्गम नभएको भन्दै केही ठाउँ बाहेक दशभर सडक सञ्जाल विस्तार गरिएको चर्चा गरे । 

ओलीले भने, ‘यर्थाथमा नेपाल पहिला जस्तो दुर्गम देश थियो, सडकका कारण उत्पादनले बजार पाउँदैन भन्ने ठूलो गुनासो थियो । सँगै कृषि उत्पादनका सामग्रीले बजार पाएन भन्ने ठूलो गुनासो थियो अहिले केही केही ठाउँबाहेक अन्यन्त्र त्यस्तो गुनासो आउने स्थिति छैन । अहिले हुम्लाको सिमिकोटमा पक्की बाटो जोडिएको छैन नत्र अरु सबै जिल्लामा सदरमुकाम सम्म पक्की बाटोमा जोडिएका छन् ।’

उनले देशभरका पालिकाको पक्की बाटो सदरमुकाम सम्म जोडन आफूहरूले अभियान चलाएको स्मरण गर्दै स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउन सोही अनुसार डाक्टर,नर्स, औषधीउपचार सहितको प्रबन्ध गर्ने योजना सफल नहुनुमा अस्थिर राजनीति कारण भएको जिकिर गरे । 

ओलीले भने, ‘अस्थिर राजनीतिक स्थिति र अन्य कारणहरूले गर्दा ती कामहरू सहज रूपमा अघि बढ्न सक्दैनन्, सकेका छैनन् । कतिले बुझ्दैनन्, कतिले भत्काइदिन्छन्, कतिले रोकिदिन्छन् यस्ता खालका कुराले व्यवधान आएको छ ।’

उनले बनेका पूर्वाधारको प्रयोगमार्फत कृषि क्षेत्रमा उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस