अपराध गर्ने कसैलाई प्रहरीले संरक्षण नगर्ने आइजिपी कुँवरको प्रष्टीकरण « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

अपराध गर्ने कसैलाई प्रहरीले संरक्षण नगर्ने आइजिपी कुँवरको प्रष्टीकरण


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले अपराध गर्ने कसैलाइ प्रहरीले संरक्षण नगर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको शैलेश्वर शिवपाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ समुद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले व्यावसायिक शून्य सहनशीलताका साथ काम गर्न निर्देशन दिँदै अपराध गर्ने जोकोहीलाई पनि प्रहरीले संरक्षण नगर्ने बताएका हुन् ।

उनले सङ्गठनमा केही आशलाग्दा व्यक्तिहरू समेत रहेको भन्दै उनीहरूको सिको सिकेर सकल दर्जाका प्रहरीलाई अघि बढ्न आग्रह गर्नु भयो । सङ्गठनलाई व्यावसायिक, मर्यादित र जनमुखी बनाएर काम गर्नुपर्ने समेत उनले निर्देशन दिए ।

महानिरीक्षक कुँवरले प्रहरीले आफ्नो आचरण, बोली व्यवहारलाई सङ्गठनको मर्यादा अनुसार कायम गर्दै सेवामुखी भावका साथ काम गर्नु पर्ने बताउँदै कसैको दबाब प्रभावमा नपरी निष्पक्ष कार्य गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा ८० वर्ष उमेर माथिका जेष्ठ नेपाल प्रहरीका पूर्व कर्मचारी, तथा जिल्ला प्रहरी कार्यालयका विभिन्न काममा सहयोग गर्ने व्यक्ती लगायतलाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस