यो समीकरण भत्काउने प्रयास असफल पार्न जसपा विभाजन : ओली « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

यो समीकरण भत्काउने प्रयास असफल पार्न जसपा विभाजन : ओली


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने प्रयास निरन्तर भइरहेको दाबी गरेका छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अहिले पनि राजनीतिक अस्थिर रहेको बताए।

उनले भने, ‘राजनीति अस्थिर छ। पोहोरको झैँ दुई महिनामा सरकार उल्ट्याउने खेल भइरहेको छ उनले नेकपा एसका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भने, १० सीट भएको पार्टी राष्ट्रिय पार्टी होइन। त्यस पार्टीको प्रतिनिधिले विश्वासको मत दिने बेलामा भएको छलफलमा म सम्झिरहेको छु। आक्रोशित र कुण्ठाग्रस्त थियो। त्यही कुरा यस बीचमा म प्रधानमन्त्री हुँदैछ भनेर कसैलाई भतभत पोलेको छ भने, कहाँ प्रधानमन्त्री हुन आँटेका हुन् ? त्यसैले अस्थिरता ल्याउने कोसिस लगातार भइरहेको छ।’

उनले अस्थिरता ल्याउने प्रयासलाई असफल पार्नको लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस