पशुपति जस्तो धार्मिक क्षेत्रमा राजनीति हुनु दुर्भाग्यपूर्ण : मन्त्री तामाङ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पशुपति जस्तो धार्मिक क्षेत्रमा राजनीति हुनु दुर्भाग्यपूर्ण : मन्त्री तामाङ


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति जस्तो धार्मिक क्षेत्रमा पनि राजनीति हुनु दुखद् रहेको बताएका छन् ।

शुक्रबार काठामाडौंमा आयोजित पशुपति क्षेत्र विकास कोषको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिलेसम्म देशलाई अगाडि बढ्न नदिने र प्रगतिको वाधकको रूपमा गैर राजनीतिक क्षेत्रमा राजनीति हाबी भएको बताए । उनले भने,‘हामीलाई अहिलेसम्म बिगार्ने भनेको अगाडि बढ्न नदिने रोग हो । 

हाम्रो प्रगतिको वाधकको रूपमा देखिएको कुरा भनेको गैर राजनीतिक ठाउँमा गएर राजनीति गर्ने रोग हो । यो पशुपति क्षेत्र त गैर राजनीतिक ठाउँ हो । धार्मिक क्षेत्र हो । सोही ठाउँमा राजनीति गर्न थाल्यो भने हाम्रो मुलुक नबिग्रिए कुन देश बिग्रन्छ त? त्यसैले म त्यसमा सजक छु ।’

उनले पूर्वीय दर्शनको महत्त्वपूर्ण पशुपति क्षेत्रले नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएको बताए । पशुपति क्षेत्रको व्यवस्थित प्रवर्द्धन गर्न सकेमा यस क्षेत्रले देशलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउन सक्ने विश्वास व्यक्त गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस