काभ्रेमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काभ्रेमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला


२८ बैशाख २०८१, शुक्रबार


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ जिरोकिलोस्थित विराजे खोल्सा जङ्गलमा आज बिहान पुरुषको शव फेला परेको छ । 

जिरोकिलो-मेलम्ची सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा मुखमा र छातीमा फलामे तारले बाँधेर रुखमा बाँधी आगो लगाइएको अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । 

करिब २५ वर्षको जस्तो देखिने पुरुषको शव पहिचान हुन नसकेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीयले बिहान खबर गरेपछि प्रहरी चौकी पाँचखालको प्रहरी टोली आज बिहान करिब ८ बजे घटनास्थल पुगेको हो । 

शवको प्रकृतिले घटना करिब दुई हप्ताअघि भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धानका लागि काठमाडौँबाट तालिमप्राप्त कुकुर ल्याइने प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस