कैलालीको सुधार केन्द्रमा कुटपिटबाट युवकको हत्या भएको प्रहरी निष्कर्ष « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कैलालीको सुधार केन्द्रमा कुटपिटबाट युवकको हत्या भएको प्रहरी निष्कर्ष


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ। कैलालीको घोडाघोडी नगरपालिका-४ को नयाँ बाटो पुनर्स्थापना केन्द्रमा मृत भेटिएका २५ वर्षीय सुनिल शाहीको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

इलाका प्रहरी कार्यालय सुखडले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा शाहीको पुनर्स्थापना केन्द्रमै कुटपिटपछि मृत्यु भएको खुलेको हो ।

इलाका प्रहरी कार्यालयमा सञ्चालक, अध्यक्ष र पुनर्स्थापना केन्द्रमा आश्रित १७ जनाविरुद्ध परिवारले जाहेरी दिएका छन् ।

मृतकका परिवारले दिएको किटानी जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस