कुञ्जोक छिरिङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कुञ्जोक छिरिङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । विशेष अदालतले कुख्यात वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङलाई एक वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कुञ्जोकलाई ६७ लाख ६५ हजार बिगो र त्यति नै रुपैयाँ जरिवाना तोकेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध वन्यजन्तुको अंग (आखेटोपहार)को तस्करी गरी सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई १६ वैशाखमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले ६ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेका कुञ्जोकले ७ करोड १४ लाख रुपैयाँ कमाएको देखिएको भन्दै ६७ लाख ६५ हजार सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस