काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
वैशाख चार गते बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा जोशी र दोस्रो नम्बरमा ढकाललाई बढुवाका लागि सिफारिस गरेको थियो ।