स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो एक करोड ८८ लाख अमेरिकी डलरको स्पीड परियोजना « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो एक करोड ८८ लाख अमेरिकी डलरको स्पीड परियोजना


२७ बैशाख २०८१, बिहिबार


डाक्टर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पान्डामिक फन्ड स्ट्रेन्थेनिङ पान्डामिक प्रिप्रेडनेश फर अर्ली डिटेक्शन (स्पीड) परियोजनाको शुभारम्भ गरेको छ ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलको अध्यक्षतामा मन्त्रालयमा आयोजित कार्यक्रममा बिहीबार उक्त परियोजनाको शुभारम्भ गरिएको हो । कूल एक करोड ८८ लाख अमेरिकी डलरको उक्त परियोजना नेपाल सरकारको नेतृत्वमा (डब्लुएचओ, युनिसेफ, एफएओ)सहित कार्यान्वयन हुने गरी तयार भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । यो परियोजना तीन वर्षको हुनेछ ।

पान्डामिक फन्डबाट नेपालले प्राप्त गरेको अनुदानमा आधारित यो परियोजना विश्वभरिका १३३ देशहरूबाट १७९ आवेदनहरू मध्ये नेपालको पनि प्रस्ताव छनौट भई सर्भिलेन्स एन्ड अर्ली वार्निङ, लेबोरेटरी सिस्टम, ह्युमन रिसोर्स/वर्कफोर्स स्ट्रेन्थेनिङ क्षेत्रहरू सुदृढ गर्न अनुदान प्राप्त भएको हो । मन्त्रालयका अतिरिक्त सचिवहरू, स्वास्थ्य सेवा विभागका महानिर्देश, मन्त्रालयका महाशाखाका प्रमुखहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिहरू, पान्डामिक फन्डका कार्यकारी प्रमुख, नेपालका लागि कृषि तथा खाद्य संगठनका प्रतिनिधि, नेपालका लागि युनिसेफका प्रतिनिधि, विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि, अन्य मन्त्रालय तथा साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा परियोजनाको शुभारम्भ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस