मोरङमा २१८ किलो गाँजासहित एक जना पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मोरङमा २१८ किलो गाँजासहित एक जना पक्राउ


२७ बैशाख २०८१, बिहिबार


पक्राउ

काठमाडौँ । मोरङ प्रहरीले २१८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका-३ का २४ वर्षीय भगवान् किस्कु रहेका छन् ।

उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिहीबार बिहान पक्राउ गरेको हो ।पक्राउ परेका उनको साथबाट १० बोरा गाँजा (२१८ किलो १७५ ग्राम) बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनीमाथि मोरङ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ । उक्त गाँजा मकैबारीमा गहुँको भुषामा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस