राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित ४ जना पक्राउ, थप अनुसन्धान हुँदै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित ४ जना पक्राउ, थप अनुसन्धान हुँदै


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ सूचना अधिकारी (एसपी) नवराज अधिकारीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका-८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौँ थली बस्ने २३ वर्षीय रोशन रानाभाट छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । वैशाख २६ गते बिहान चलेको कक्षा १२ को कम्प्युटर साइन्सको प्रश्न पत्र आउट गरेको आरोप छ ।

प्रश्न पत्र आउट गरी काठमाडौँ महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मूल उत्तर पुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस