जसपा विभाजन : महेन्द्र लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

जसपा विभाजन : महेन्द्र लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईले जसपा दर्ता गरेपछि तेस्रो धार पनि निस्किएको छ।

संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले दुवै पार्टी छाडेर पहिचानवादी मोर्चा घोषणा गरेका हुन्।

पत्रकार सम्मेलन गरेर प्रा. डा. महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरिएको हो। सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको उनले आरोप लगाए।

पार्टी नेतृत्वले पछिल्लो समय पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा सत्ताको खेलमा लागेकोले आफूहरू वैकल्पिक बाटोमा हिँडेको उनीहरूको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस