जावलाखेलमा बन्यो अत्याधुनिक शौचालय « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

जावलाखेलमा बन्यो अत्याधुनिक शौचालय


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ। ललितपुरको जावलाखेलमा बिहीबारदेखि स्नान कक्षसहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । १ करोड ८ लाख रुपैयाँमा बनेको शौचालयको बिहीबार मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । शौचालयमा स्नान र स्तनपान कक्ष समेत छ ।

सदर चिडियाखाना र ललितपुर जिल्ला प्रहरी परिसर भएको यो क्षेत्रमा सार्वजनिक शौचालय थिएन । भोटो जात्राको समयमा भिडभाड बढ्दा शौचालय अभावमा स्थानान्तरण गर्न मिल्ने ‘मोबाइल ट्वाइलेट’ प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

सुविधासम्पन्न सार्वजनिक शौचालय सञ्चालनमा आइसकेपछि धेरै सहज हुने विश्वास लिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

पहिले त्यहाँ भाडा प्रयोजनका लागि बनाइएका हटराहरु हटाएर सार्वजनिक शौचालय बनाइएको हो । शौचालयमा नुहाउने, महिलाहरूका लागि स्तनपान कक्ष, डाइपर परिवर्तन कक्ष समेत बनाइएको छ । महिलाका लागि आवश्यक पर्ने स्यानिटरी प्याड पनि त्यही उपलब्ध हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस