बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल संगठनले दियो सीआईबीमा जाहेरी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल संगठनले दियो सीआईबीमा जाहेरी


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा जाहेरी परेको छ ।

तत्कालीन पदाधिकारी तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा जग्गा ठगी तथा हिनामिना गरेको भन्दै बिहीबार सीआईबीमा जाहेरी दर्ता भएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । अनुसन्धानको प्रक्रियामा भएकोले धेरै खुलाउन चाहेनन् ।

एसपी बोगटीले बालमन्दिरको जग्गा ठगी गरेको कसुरमा अनुसन्धान गरी पाउँ भन्दै नेपाल बाल सङ्गठनको तर्फबाट जाहेरी दर्ता भएको पुष्टि गरेको बताए । प्रकरणमा संलग्नविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस