काँग्रेस संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काँग्रेस संसदीय दलको बैठक बस्दै


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने छ ।

 शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दै छ ।

हिउँदे अधिवेशनमा काँग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको थियो । काँग्रेसले संसदीय समिति माग गरिरहँदा ३ वैशाखमा सरकारले हिउँदे अधिवेशन नै अन्त्य गरेको थियो ।

अब शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पनि काँग्रेसले आफ्ना माग उठाउने जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस