२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले भन्यो-कांग्रेससँग एमालेको सत्ता सहकार्य हुन सक्दैन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी एकल बहुमतसहित सरकार बनाउने स्थानमा पुगेमात्रै संविधानको रक्षा र यसले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने बताएका छन् ।

नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने बताए ।

‘संविधानको रक्षा, कार्यान्वयन र समाजवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा एमालेसँग जोडिएको छ । नेकपा एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको छ’, पौडेलले भने ।

उनले दुनियाँका संविधानसँग नेपालको संविधान तुलना गर्दा उत्कृष्ट भएको बताउँदै संविधानले निर्देश गरेको दिशातर्फ समाजलाई लैजानुपर्नेमा जोड दिए ।

नेकपा एमालेलाई भित्तोमा पुर्‍याउने र माटोमा मिलाउने उद्घोषका साथ आक्रमण गरिएको भए पनि एमालेले त्यसलाई पराजित गरेको उपाध्यक्ष पौडेलको भनाइ थियो ।

२०७९ सालको निर्वाचनपछि नेकपा एमालेले राष्ट्रिय राजनीतिको निकासको लागि केही पहल गरेको तर, एमालेलाई दुई महिनाको बीचमै सरकाबाट हटाउने काम भएको उनले बताए ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले अनुभूत गरेर त्यो गठबन्धन भत्काएर नेकपा एमालेलगायत सम्मिलित सरकार बनेको उनको भनाइ छ ।

उनले एमाले-काँग्रेस मिलेर सरकार बनाउन नहुनेसमेत बताए । काँग्रेस र एमालेको एजेण्डा पनि नमिल्ने भएकोले काँग्रेस सहकार्य हुन नसक्ने उनले स्पष्ट पारे ।

‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुन्छ, काँग्रेसले पनि प्रतिपक्षमा बसेर सिकोस्’, उनले भने, ‘२०८४ सम्म अहिलेकै सरकार जान्छ र २०८४ को निर्वाचनपछि नेकपा एमाले एकल बहुमत प्राप्त पार्टी बन्नेछ । नेकपा एमालेको बहुमतको सरकार राष्ट्रको लागि चाहिएको छ, जनताको लागि चाहिएको छ ।’