संघीय निजामती विधेयकमा परे एक हजार पाँचसय बढी  संशोधन प्रस्ताव « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

संघीय निजामती विधेयकमा परे एक हजार पाँचसय बढी  संशोधन प्रस्ताव


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा एक हजार ५८३ वटा संशोधन परेको छ ।

गत २१ फागुन २०८० मा दर्ता भएको विधेयकमाथि २१ चैतमा प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भएपछि संशोधनका लागि समय खुला भएको थियो । सांसदहरुले सैद्धान्तिक छलफल सकिएपछि ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

संसद सचिवालयको विधेयक शाखाले सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरूलाई एकीकृत गर्ने काम पूरा गरेको छ । १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस