कोशीमा नयाँ सरकार गठनका लागि आजै आव्हान गर्ने तयारी  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कोशीमा नयाँ सरकार गठनका लागि आजै आव्हान गर्ने तयारी 


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने गर्ने तयारी गरिएको छ ।

एमाले-माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिए लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका हुन् ।

कार्यालय समयभित्रै आह्वानको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । नयाँ सरकार गठनको आव्हान लगत्तै आजै ५ बजेसम्ममा बहुमत सहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

प्रदेश प्रमुखले संविधानको कुन धारा अन्तर्गत नयाँ सरकार गठनको आह्वान गर्छन् चासोको विषय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस