७.९ प्रतिशत बढ्यो एचआईडीसीएलको नाफा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

७.९ प्रतिशत बढ्यो एचआईडीसीएलको नाफा


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा गत आवको यसै अवधिको तुलनामा ७.९ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको मुख्य बिजनेस नै विभिन्न आयोजनामा ऋण लगानी गर्ने र सोबापतको ब्याज तथा शुल्क नै आम्दानीको मुख्य स्रोत हो । यस्तो आम्दानी सामान्य बढेको छ । कम्पनीको यस्तो वित्तीय आम्दानी १ अर्ब ५८ करोड छ । गत आवको यसै अवधिमा १ अर्ब ५६ करोड रुपैयाँ थियो । कम्पनीले इक्वीटीका रूपमा पनि विभिन्न आयोजनाहरूमा लगानी गरेको छ ।

तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३८ पैसा छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी ६ रुपैयाँ २१ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा छ ।

कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ कर्जा असुल गर्न बाँकी रहेको छ । त्यस्तै विभिन्न कम्पनीहरूमा स्वपूँजीअन्तर्गत ४ अर्ब ५ करोड लगानी गरिएको जनाएको छ । यसअघि जारी भएको हकप्रद सेयरमध्ये अझै १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक सेयर बिक्री हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस