मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि नयाँ सरकार गठन आह्वानको तयारी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि नयाँ सरकार गठन आह्वानको तयारी


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने समय गुजारेका छन् । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले आज सम्म विश्वासको मत लिएका छैनन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत नलिई ३० दिनको समय गुजारेका हुन् । विश्वासको मत लिने समय गुजारेका मुख्यमन्त्री कार्की राजीनामा पनि नदिने अडानमा छन् ।

२६ चैतमा समर्थन फिर्ता लिएका एमाले माओवादी केन्द्रले अल्पमतमा परेको ३० दिन भित्र विश्वासको मत लिनका लागि ७ वैशाखमा प्रदेशसभाबाट सङ्कल्प प्रस्ताव नै पारित गरेका थिए । सरकार गठनको अन्तिम विकल्प अनुसार आफू मुख्यमन्त्री भएको दाबी गर्दै कार्कीले विश्वासको मत लिन बाध्य नहुने र राजीनामा पनि नदिने अडानमा बसेका छन्।

मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि स्वतः पदमुक्त भएको प्रदेशका प्रतिपक्षी दल एमाले माओवादी केन्द्रको दाबी छ ।

मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि अब नयाँ सरकार गठनको प्रारम्भ हुनुपर्ने उनीहरूको माग छ ।

यता मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि कोशी प्रदेशमा नयाँ सरकार गठन आह्वानको तयारी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस