कम्युनिस्टहरु सत्ता कब्जा गर्ने शैलीविरुद्ध लड्न तयार रहन देउवाको निर्देशन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कम्युनिस्टहरु सत्ता कब्जा गर्ने शैलीविरुद्ध लड्न तयार रहन देउवाको निर्देशन


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

गण्डकी प्रदेश सभाका काँग्रेस सांसदहरूसँग कुरा गर्दै देउवाले अदालत र आयोगका गतिविधिलाई पार्टीले नजिकबाट हेरिरहेको बताएका हुन् । गण्डकी प्रदेश सभामा भइरहेका घटनाक्रमबारे जानकारी गराउन देउवाकहाँ पुगेको प्रदेश सांसदको टोली बिहान बुढानीलकण्ठ पुगेको थियो ।

सभापति देउवाको बोली उद्धृत गर्दै एक प्रदेश सांसदले भने, ‘कम्युनिस्टहरु सत्ता कब्जाको शैलीमा छन् । तपाईँहरू कुरा बुझ्नुस् । सत्ता कब्जा गर्ने मनोविज्ञानसँग हामी लड्नुपर्नेछ । लड्न तयार हुनुस् ।’

गण्डकीमा प्रदेश सरकारले विश्वासको मत लिनका लागि अदालतको फैसला अस्वाभाविक देखिएको सांसदहरूले सभापतिसँग कुरा राखेका थिए ।

सभामुख सहितको विश्वासको मतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई बहुमत पुगेको सभामुख कृष्ण धितालले घोषणा गरेका थिए । त्यस विरुद्ध मंगलबार काँग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस