काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

बजेट अधिवेशनबारे छलफल गर्न काँग्रेसले बिहीबार संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठकअघि देउवाले शीर्ष नेतासँग छलफल गरेर बजेट अधिवेशनमा काँग्रेसको आगामी रणनीति तय गर्न खोजेको देखिन्छ ।

काँग्रेसले लामो समयदेखि सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । लामिछानेको नाम उल्लेख नगरी संसदीय समिति गठनका लागि सत्ता पक्ष तयार देखिए पनि काँग्रेस सहमत भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस