कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको रिटमा सर्वोच्चले माग्यो गृहको जवाफ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको रिटमा सर्वोच्चले माग्यो गृहको जवाफ


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न गृह मन्त्रालयका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गृह मन्त्रालयलगायत जिल्ला प्रहरी कार्यालय धनुषाको नाममा कारण देखाऊ आदेश जारी गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

सिरोहियाले अन्तरिम आदेशसमेत माग गरेको भन्दै सर्वोच्च अदालतले त्यसबारे छलफल गर्न आगामी शुक्रबार (२८ वैशाख)मा अन्तरिम आदेश छलफलका लागि झिकाउन आदेश दिएको घिमिरेले बताए ।

सरकारले आफूमाथि धरपकड गर्न खोजेको भन्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस