त्रिवि आमसञ्चार विभागको प्रमुखमा प्रा. पोखरेल नियुक्त « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

त्रिवि आमसञ्चार विभागको प्रमुखमा प्रा. पोखरेल नियुक्त


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् ।

विभागीय प्रमुख प्रा. चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले पोखरेललाई तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन् ।

पोखरेल करिब १६ वर्षअघि पनि पत्रकारिता केन्द्रीय विभागको प्रमुख थिए ।

विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै प्राध्यापक पोखरेलले पत्रकारिता शिक्षाको प्रवर्द्धन, प्राज्ञिक उन्नयन र अध्ययन अनुसन्धानमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस