रुसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन तत्काल पहल गर्न माग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रुसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन तत्काल पहल गर्न माग


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले रुसी सेनामा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।

संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद पौडेलले रुसी सेनामा कार्यरत रहेका नेपाली युवाहरूलाई फिर्ता ल्याउन माग गरेका हुन् ।

‘रुसी सेनामा भर्ना भएका कतिपय नेपालीको मृत्युसमेत भइसकेको र धेरै बेपत्ताको खबरहरू आइरहेका छन्’ उनले भने, ‘यस्तो गम्भीर अवस्थामा सरकारले आफ्नो नागरिक फिर्ता ल्याउन प्रभावकारी कदम चाल्न जरुरी छ ।’

उनले ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ती भएको अवस्थामा पनि सरकारसँग यकिन तथ्याङ्क नहुनुले कूटनीतिक पहलमा कमजोरी देखिएको समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस