२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउनुपर्छ : मन्त्री जोशी

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिकमा गएको भूकम्पका कारण भत्किएका घर बनाउन भूकम्पपीडितलाई चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनुपर्ने बताएका छन् । काठमाडौँमा आज आयोजित दोस्रो ‘नेपाल सेल्टर फोरम’ सम्बन्धी छलफल कार्यक्रममा उनले समयमा नै भूकम्प पीडितलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

“भूकम्पपीडितलाई अस्थायी टहरा बनाउन ढिला गर्नुहुँदैन । चाँडोभन्दा चाँडो राहात दिन सक्नुपर्छ,” मन्त्री जोशीले भने । मनसुनसमेत नजिकिँदै गरिरहेको र यसले भूकम्पपीडितलाई अझै प्रभावित पार्न सक्ने उल्लेख गर्दै उनले राहत वितरणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

“हामी विपद्का विभिन्न पीडाबाट गुज्रिदै आइरहेका छौँ । भूकम्पको जोखिममा छौँ”, मन्त्री जोशीले भने । विसं २०७२ को भूकम्पले भोग्नुपरेको पीडा अझै बाँकी रहेको उनले बताए । बाढीपहिरो, चट्याङ, वनडढेलो जस्ता प्राकृतिक प्रकोपका कारण बर्सेनी धनजनको क्षति भइरहेको उल्लेख गर्दै उनले यसबाट हुने क्षति न्यूनीकरण सम्बन्धी प्रभावकारी नीति कार्यन्वयनको आवश्यकता रहेको बताए ।

मन्त्री जोशीले विगतमा गरिएको पुनः निर्माणको काम प्रशंसनिय रहेको भन्दै अब पनि पुनः निर्माणको कामलाई प्रभावकारी बनाउन सुझाउनु भयो । “पुनः निर्माण प्राधिकरणबाट २०७२ सालको भूकम्पपछिको पुनः निर्माणको कामअन्तर्गत धेरैजसो निजी निवास, सरकारी भवन, विद्यालय र पुरातात्विक भवनको पनि पुनः निर्माणको काम अन्तिम चरणमा पुगिसककेको छ । पुनः निर्माणको कामबाट हाम्रो प्राधिकरणको छवि उच्च भएको छ,” उनले भने, “यही सिकाइबाट अव राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणले पनि कर्णालीका भूकम्पपीडितका आवास बनाउन प्रभावकारी भूमिका खेल्न सकोस् ।”

सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा विपद् राहत उपलब्ध गराउने भनिए पनि क्षमताको अभावले फलदायी हुन नसक्ने उनको भनाइ छ । “साझेदारीबाट काम गर्न कस्को कति हिस्सा भनेर नीतिगत व्यवस्था तय भयो, तर सबैसँग वित्तीय स्रोत नभएपछि जाजरकोट भूकम्पपीडितको हकमा यसपाली साझेदारी अनिवार्य नगर्ने भनिएको हो,” मन्त्री जोशीले भने, “कर्णाली प्रदेशमा एक लाखभन्दा बढी घर बनाउनुपर्छ । प्रभावकारी ढङ्गले बनाउन विगतको सिकाइलाई अवलम्बन गर्नुपर्छ ।” यसका लागि आवश्यक निर्देशिका बनाउन आवश्यक रहेको उनले बताए ।