बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि काठमाडौँ ल्याउने तयारी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि काठमाडौँ ल्याउने तयारी


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको मुख्यमन्त्री जम्कट्टेलको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनी बीच बाटोबाटै फर्किएको बताइएको छ ।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस