सभामुखसहित शीर्ष नेताको छलफल जारी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सभामुखसहित शीर्ष नेताको छलफल जारी


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल सुरु भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु भएको हो ।

संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गरिरहेका हुन् ।

छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस