कञ्चनपुरमा सशस्त्र प्रहरीको विद्यालय, पठनपाठन सुरु « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कञ्चनपुरमा सशस्त्र प्रहरीको विद्यालय, पठनपाठन सुरु


२४ बैशाख २०८१, सोमबार


School

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल (एपिएफ)ले विद्यालय सञ्चालनमा ल्याएको छ । शुक्लाफाँटा नगरपालिका-५ स्थित नेपाल एपिएफ विद्यालय झलारी सञ्चालनमा ल्याएको हो । 

आज एक कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विद्यालयको उद्घाटन गरे । सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कञ्चनपुरमा पहिलो पटक एपिएफ विद्यालय सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल  नं ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रले शैक्षिक सत्र २०८१ देखि पठनपाठन सुरु गरेको हो । 

कक्षा चार र कक्षा पाँचको पठनपाठन सुरु गरिएको विद्यालयमा एक सय पाँच जना विद्यार्थी भर्ना भएका छन् । झलारीमा एपिएफ विद्यालय विसं २०८० फागुन २ मा स्थापना भएको थियो । सुविधा सम्पन्न चारतले भवन निर्माण सम्पन्न भएपछि पठनपाठन थालिएको हो । 

सशस्त्र प्रहरी र सर्वसाधारणको समेत बालबालिकालाई सर्वसुलभ एवम् गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालय सञ्चालन गरिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बताए । 

“यसले गुणस्तरीय शिक्षाको पहुँचलाई सुनिश्चित गर्नेछ । मुलुकको माटो सुहाउँदो वैज्ञानिक शिक्षा प्रणालीलाई अनुसरण गर्दै रोजगारमूलक, व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै अगाडि बढिरहेका छौँ,” उजले भने ।

सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रद्वार देशका विभिन्न चार ठाउँमा एपिएफ विद्यालय सञ्चालनमा छन् । २०६२ सालमा सशस्त्रले कीर्तिपुरबाट विद्यालय सञ्चालन सुरु गरेको थियो । सशस्त्र प्रहरीको विद्यालयप्रति अभिभावकको आशा धेरै भएकाले आशालाई निराश हुन नदिने गरी काम गर्न उहाँले शिक्षकहरूलाई अनुरोध गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस