बजेट जनमुखी बनाउन एकीकृत समाजवादीको माग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बजेट जनमुखी बनाउन एकीकृत समाजवादीको माग


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को संसदीय दलको बैठकले बजेटलाई जनमुखी बनाउन माग गरेको छ ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले सङ्घीय संसद्को आगामी जनसरोकारका विषय सशक्त रूपमा उठाउने र सरकारको नीति तथा कार्यक्रममा रचनात्मक सुझाव दिने निर्णय गरेको हो ।

उक्त अधिवेशनमा कानुन निर्माण प्रक्रियामा पार्टीले सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको नेता एवं पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।

प्रतिनिधि सभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको बैठकमा समसामयिक तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको थियो । पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउने निर्णय गरेको बैठकले मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक विकासमा पार्टीले सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस