मालपोतका कार्यालयका नासु घुस रकमसहित अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मालपोतका कार्यालयका नासु घुस रकमसहित अख्तियारको नियन्त्रणमा


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उनले जग्गा नामसारी गर्ने गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस