सर्वोच्चद्वारा सिधा कुरा डटकमको अडियो सामग्रीमा नाम जोडिएका ७ जनासँग लिखित जवाफ माग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सर्वोच्चद्वारा सिधा कुरा डटकमको अडियो सामग्रीमा नाम जोडिएका ७ जनासँग लिखित जवाफ माग


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । सिधा कुरा डटकमले प्रकाशन प्रसारण गरेको अडियो सामग्रीमा नाम जोडिएका ७ जनालाई आफ्नो लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

हरिप्रसाद फुयाँल र महेश शर्मा पौडेलको संयुक्त इजलासले अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोस्टका पत्रकार सुरेन्द्र काफ्ले, तत्कालीन एसपी सञ्जय थापा र किशोर विष्टलाई ७ दिनभित्र प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न आदेश गरेको अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले बताए ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुङ्गानालाई अवहेलना मुद्दामा कारबाहीको माग गर्दै रिट दायर गरेका थिए ।

इजलासले कँडेल र ढुङ्गानाको बयानका आधारमा उनीहरूले अडियो उपलब्ध गराउने स्रोत खुलाएका राजकुमार तिमल्सिनाको पनि बयान लिएको छ । उनीहरू तीनै जनालाई आफैँ उपस्थित हुने गरी तारेखमा छाड्ने आदेश गरिएको उपरजिस्ट्रार घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस