१० महिनादेखि रोकियो ३० बढी जलविद्युत् आयोजनाको आइपिओ निष्कासन प्रक्रिया « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

१० महिनादेखि रोकियो ३० बढी जलविद्युत् आयोजनाको आइपिओ निष्कासन प्रक्रिया


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । प्राथमिक सेयर निष्कासन (आइपिओ) तथा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका २७ सहित ३० बढी जलविद्युत् आयोजनाको निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ ।

नेपाल धितोपत्र बोर्डमा रमेशकुमार हमाल अध्यक्ष हुँदादेखि नै रोकिएको सेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाले सेयर निष्कासन गर्न नपाउँदा निर्माणमै असर परेको प्रवर्द्धकले बताएका छन् ।

गत आर्थिक वर्षमा ४२ कम्पनीको आइपिओ जारी भएकोमा २९ वटा जलविद्युत् कम्पनी थिए । तर चालु आर्थिक वर्षमा भने एउटा (भदौ ५ गते भिजन लुम्बिनी ऊर्जा) कम्पनीबाहेक निष्कासन भएको छैन ।

अहिले एउटा सोलार सहित १८ वटा विद्युत् उत्पादन कम्पनीले आइपिओ निष्कासनका लागि अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका छन् । अरू ४/५ वटा कम्पनी आवेदनका लागि तयारी अवस्थामा छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले निष्कासनको अनुमति नपाउँदा अरू कम्पनीहरु पनि आवेदन दिन नसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस