बोधिचित्त रुख कटानबारे अनुसन्धानमा सीआईबीको टोली परिचालन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बोधिचित्त रुख कटानबारे अनुसन्धानमा सीआईबीको टोली परिचालन


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका-५, सीसाखानीमा रहेको बोधिचित्तको रुख कटानको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली परिचालन गरिएको छ ।

२९ चैतको राति बोधिचित्तको रुख कटान भएको घटना अझैसम्म नसुल्झिएपछि सीआईबीको टोली परिचालन गरिएको हो ।

सीआईबीका एक इन्सपेक्टरको कमाण्डमा टोली काभ्रे पठाएर अनुसन्धान सुरु गरिएको छ । सङ्गठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस