राजीनामा दिएका अहिरद्वारा पुनः मन्त्रीको पदभार ग्रहण « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राजीनामा दिएका अहिरद्वारा पुनः मन्त्रीको पदभार ग्रहण


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले सोमबार मन्त्रालयमा गएर काम थालेका हुन् ।

२५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए । सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि अहिले ९ वैशाखमा राजीनामा दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस