नगरपालिका संघका अध्यक्ष भन्छन्- अख्तियारको बेनामी उजुरीले हैरान बनायो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नगरपालिका संघका अध्यक्ष भन्छन्- अख्तियारको बेनामी उजुरीले हैरान बनायो


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने बेनामे उजुरीले हैरान बनाएको बताएका छन् । उनले प्रमाण बिनाका उजुरीले समस्या भएको बताएका हुन् ।

आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसँग उनले यस्तो गुनासो गरेका हुन् । साथै उनले समानिकरणको अनुदान कटौती नगर्न ध्यानाकर्षण गराए ।
सम्झौता भएर काम भइसकेका योजनाहरूको भुक्तानी गर्ने बेलामा कटौती गर्ने कुरा स्वीकार गर्न नसकिने ढुङ्गानाले स्थानीय सरकारलाई संविधानका अधिकार दिलाउन नेतृत्व गर्न मन्त्रालयलाई आग्रह गरे । करिब १ सय २६ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको भन्दै उनले जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गरे । कम्तीमा दुई वर्षसम्म प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा नगरिदिन उनको आग्रह थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस