कर्णालीको मुख्य न्यायाधिवक्तामा कृष्ण हमाल नियुक्त « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कर्णालीको मुख्य न्यायाधिवक्तामा कृष्ण हमाल नियुक्त


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । हमाललाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्य न्यायाधिवक्तामा हमालले पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारको रोहवरमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ ग्रहण गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस