माओवादीले भन्यो-मुख्यमन्त्रीले विश्वासको मत नपाए गण्डकीमा मध्यावधि चुनाव हुन सक्छ  « प्रशासन
Logo २९ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

माओवादीले भन्यो-मुख्यमन्त्रीले विश्वासको मत नपाए गण्डकीमा मध्यावधि चुनाव हुन सक्छ 


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । गण्डकी प्रदेश सभाका माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा रहेको बताएका छन् । उनले मध्यावधि निर्वाचन रोक्न मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री खगराज अधिकारीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै चुमानले भने, ‘हामी यसै यसै जाँदा मध्यावधितिर जाने त होइन, मध्यावधितिर जाने खतरा त छैन ? अहिले जसरी मुख्यमन्त्री खगराजज्यूले विश्वासको मतसम्बन्धी प्रस्ताव राखे । यो प्रस्तावलाई सघाउनु भनेको मध्यावधि रोक्ने हो । मध्यावधि रोक्नका लागि मतदान गर्ने हो ।’

प्रदेश सभामा कुनै प्रस्तावको पक्षमा बराबर मत परेमा सभामुखले निर्णायक मत दिन सक्ने माओवादी नेता चुमानले बताए । सभामुखको भूमिका के हुने, कस्तो हुने भन्ने विषयमा पनि अझै व्याख्या हुन जरुरी रहेको चुमानले बताएका हुन् ।

‘संसदै नरहने अवस्था आउँदा सभामुखको भूमिका के हुने ? निर्णायक मत भनेको के हो ? त्यसको पनि व्याख्या हुन जरुरी छ ?,’ चुमानले भने, ‘जोर संख्या भएको प्रदेशमा समस्या छ । व्याख्या हुँदै गएको छ र अझै हुँदै जालान् ।’

Tags :
प्रतिक्रिया दिनुहोस