निमावि शिक्षकको नतिजा सार्वजनिक « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

निमावि शिक्षकको नतिजा सार्वजनिक


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको ८ वैशाखमा सञ्चालन गरेको परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको हो ।

सरकारले अहिले विद्यालयलाई आधारभूत र मावि गरेर दुई तहमा विभाजन गरेको छ । तर पनि आयोगले चाहिँ पुरानै व्यवस्था अनुसार प्रावि, निमावि र मावि तहअनुसार शिक्षक पदपूर्ति गर्दै आएको छ ।

नतिजा अनुसार कोशी प्रदेशमा १४ हजार ६७७ सहभागीमध्ये ३ हजार ७४३ जना, मधेश प्रदेशमा ४ हजार ५८५ सहभागीमध्ये १ हजार १९७ जना, बागमती प्रदेशमा १२ हजार ५०६ परीक्षार्थीमध्ये ३ हजार ८३२ जनाले सामान्यतर्फको लिखित परीक्षा उत्तीर्ण गरेका छन् ।

त्यस्तै गण्डकी प्रदेशका ११ हजार ९४५ परीक्षार्थीमध्ये ३ हजार ५३४ जना, लुम्बिनी प्रदेशका १० हजार २७१ परीक्षार्थीमध्ये, २ हजार ८२० जना, कर्णाली प्रदेशका २ हजार ६४१ परीक्षार्थीमध्ये ६८७ जना र सुदूरपश्चिम प्रदेशका ६ हजार ९०९ परीक्षार्थीमध्ये १ हजार ७९६ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन् ।

उत्तीर्ण उम्मेदवारको विषयगत लिखित परीक्षा ८ भदौमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस